site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कालीगण्डकीबाट २० लाखको फूल निर्यात

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाख रुपैयाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई संकलन गरी पोखरा, बुटवल र काठमाडौं निर्यात गरिएको थियो ।  

कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए । उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“फूल खेती र ड्रागन खेतीका लागि १० लाख बजेट विनियोजन गरेका थियौँ”, उनले भने, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६  समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ ।”

नअनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताए । उनले फूलखेती हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताए । 

कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताए । उनले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको बताए । उनले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्