site stats
बाह्रखरी :: Baahrakhari
देश
भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका पर्व मनाइँदै छ । तिहारको पाँचौँ दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिन्छन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउँछन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भाइटीकाको बुधबार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

राससको सहयोगमा ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्