site stats
बाह्रखरी :: Baahrakhari
कला
शुक्रबारदेखि हलबाट चलचित्र ‘दिमाग खराब’ उतार्ने निश्चलको चेतावनी

काठमाडौं । पर्याप्त शोज नपाए शुक्रबारबाट चलचित्र ‘दिमाग खराब’ नलगाउने निर्देशक निश्चल बस्नेतले बताएका छन् । विदेशी सिनेमा सरह शोज नपाए हलबाट सिनेमा उतार्ने निश्चलले चेतावनी दिएका हुन् । 

“हाम्रो माग पूरा नभए हामी वैकल्पिक माध्यमबाट सिनेमा देखाउँछौँ किन भने हामी सकेसम्म धेरै दर्शकलाई यो चलचित्र देखाउन चाहन्छौँ,” उनले भने, “यदि, विदेशी सिनेमा सरह नेपाली सिनेमालाई शोज नदिने हो भने चलचित्र लागुन्जेल निर्मातालाई ५० प्रतिशत शोज दिनुपर्छ  होइन भने हामी शुक्रबारबाट सिनेमा हलमा लगाउँदैनौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो र दोस्रो हप्ता सिनेमा हल र निर्माताले ५०/५० प्रतिशत शेयर पाउँछन् । तेस्रो हप्ताबाट निर्माताले शेयर ३५ प्रतिशत मात्रै पाउँछन् ।  

सोमबारबाट आफ्नो चलचित्रमा अकुपेन्सी बढेको भन्दै उनले भने, “सुरुको दुई दिनमा अकुपेन्सी धेरै राम्रो थिएन । तर सोमबारबाट वर्डअफ माउथ राम्रो भएकाले अकुपेन्सी राम्रो छ । तर शोज कम हुँदा दर्शकले हेर्न पाउनु भएको छैन ।” 

विदेशी सिनेमाले ८÷१० शोज पाउँदा नेपाली सिनेमाले २/३ शोज मात्रै पाउनु कहाँसम्म न्याय हो ? उनको प्रश्न छ । 

निश्चललेको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्रमा चार करोड लगानी रहेको निश्चलले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्