site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयताका नाममा जनतालाई झुक्काउने काम भइरहेको छ : मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मुलुकमा संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका छन् । 

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःले शुक्रबार ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वैद्यले अहिलेको व्यवस्थाले संघीयताका नाममा जनतालाई झुक्काउने काम भइरहेको भन्दै संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अहिलेको राज्यसत्ता भत्काएर नयाँ राज्यसत्ता बनाउन जनताको साथ लिएर अघि बढ्ने जिकिर गरे । 

उनले भने, "संविधान र संसदीय व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो ।" 

वैैद्यले संघीयता मान्ने तप्काहरू सरकारमा रहेपनि आवश्यक कानुन बनाउन नसकेको आरोप लगाए । उनले रवि लामिछानेको पार्टी पश्चिमा सामाज्यवादको विकल्प भएको तर्क गरे ।

वैद्यले नेपाल संवतलाई पूर्णत कार्यान्वयनमा लैजान संघर्ष गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्