site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशमा ‘मिधिली’का कारण सातजनाको मृत्यु

ढाका । बंगलादेशमा आएको चक्रवात ‘मिधिली’को प्रभावका कारण सातजनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसापछि बंगलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको होे ।

राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटाको घरको पर्खाल भत्कँदा एकै परिवारका चारजनाको मृत्यु भएको स्थानीय सरकारी स्रोतले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दक्षिणपूर्वी चट्टोग्राम र मध्य टांगेल जिल्लामा रुखले किचेर तीनजनाको मृत्यु भएको छ ।

आँधीले तटीय जिल्लाहरूमा बालीनालीमा क्षति पुर्‍याएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ ।

बंगलादेशको तटीय क्षेत्रमा शुक्रबार भीषण हावाहुरीका कारण बिजुलीका खम्बा उखेलिएपछि विद्युत् आपूर्ति बन्द भएको छ ।

चक्रवातले अनुमान गरेभन्दा छिटो भूस्खलन गरेका कारण माझीहरूलाई सुरक्षित आश्रयस्थलमा फर्कन पर्याप्त समय व्यवस्थापन गर्न नसक्दा  अनुमानित ३०० मछुवा देशको दक्षिणपश्चिममा रहेको सुन्दरवनमा आश्रय लिन बाध्य भएको विश्वास गरिएको छ ।

स्थानीय अंग्रेजी पत्रिका न्यु एजले शनिबार प्रकाशित गरेको एक रिपोर्टमा बरगुना डिस्ट्रिक्ट फिसिङ ट्रालर ओनर्स एसोसिएसनका अध्यक्ष गोलम मोस्तोफा चौधरीलाई उद्धृत गर्दै भनिएको छ, “३०० जना मछुवा बोकेका २५ वटा माछा मार्न प्रयोग गरिने साना डुंगा गन्तव्यसम्म फर्केका छैनन् ।” रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्