site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पेड्रो सान्चेजले लिए स्पेनको प्रधानमन्त्रीका रूपमा शपथ
तस्बिर : एपी ।

काठमाडौं । पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् ।

पेड्रो सान्चेजले त्यहाँका राजा फेलिप छैटौँसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा आयोजित संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०१८ र २०२० मा शपथग्रहण गर्दाजस्तै सान्चेजले स्पेनिस संविधानको प्रतिलिपिमा शपथ लिए । शपथग्रहणपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकामा बधाई दिए ।

बिहीबारको इन्भेस्टिचर भोटमा सान्चेजका पक्षमा १७९ र विपक्षमा १७१ मत खसेको थियो । त्यससँगै उनी प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्