site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश चलाउन नसके सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्छ : ओली 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन् । 

मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको जिकिर थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिए । 

ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गरे । देश अफ्ठयारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरू सल्बलाएको भन्दै देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताए ।

ओलीले भने, "अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने काम गरेको छ । त्यो नालायकी स्विकार्य हुन सक्दैन । कि उपयुक्त ढंगले सरकार चलाउनु पर्छ । होइन भने सरकार छोडनु पर्छ । वैधानिकताको एउटा धागो समातेर यी अहिले गठबन्धनमा छन् यिनीहरू । यिनीहरूबाट अब हामीले देखिसक्यौं– हामीलाई समेत पुराना भन्छन् नि । उमेरका हिसाबले पुराना हुँदैन । हामीसँग कामको हिसाबले, विचारका हिसाबले कसैको पनि तुलना हुन सक्दैन ।" 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्