site stats
बाह्रखरी :: Baahrakhari
कला
केदार घिमिरेले अरुको चलचित्र खेल्ने भएपछि के भन्छन् दीपक ?

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो समूहमा रहेका कलाकारले अब अरुको ब्यानरका चलचित्रमा पनि काम गर्ने बताएका छन् । 

आफूलगायत ‘छक्का पञ्जा’मा काम गर्दै आएका अरु कलाकारले अब अन्य ब्यानरका चलचित्रमा पनि काम गर्ने उनले स्पष्ट पारे । “म आफैँले पनि अरुका सिनेमा साइन गरेको छु, अरूका चलचित्रमा काम गर्दै छु,” दीपकले बाह्रखरीसँग भने, “हाम्रो छक्का पञ्जाका साथीहरूले पनि अरुका सिनेमामा काम गर्नु हुनेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिजो केदार घिमिरे (माग्ने बुढा)ले सम्राट बस्नेतको चलचित्र ‘कङ्गारु’मा साइन गरेका थिए । 

‘छक्का पञ्जा’ समूह बाहिरको चलचित्र ‘कङ्गारु’मा अभिनय गर्दै केदार घिमिरे 

“धेरैलाई आफ्नै सिनेमामा मात्रै होल्ड गरेर कलाकार राख्नु भएन भनेर भन्नुभयो । हाम्रो आफ्नै ब्यानरमा काम गर्दा वर्षको एउटा चलचित्रमा मात्रै आउने भयो,” दीपक बाह्रखरीसँग भन्छन्, “वर्षको एउटा चलचित्रमा मात्रै काम गर्दा अभिनयको भोक पनि नमेटिने भयो ।” 

दीपक सल्लाहमै आफूहरूले अरु ब्यानरको चलचित्रमा पनि काम गर्ने निर्णय गरेको बताउँछन् । “हामी आफ्नो सिनेमामा पनि काम गर्छौं, अरुकोमा पनि काम गर्छौं,” उनले भने, “टिममा फाटो आएर होइन सहमति मै अरुका चलचित्रमा काम गर्न लागेका हौँ ।” 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्