site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले विधानका केही व्यवस्था हेरफेर गर्न सम्मेलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ । पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार राष्ट्रिय सम्मेलनमा विधानको केही व्यवस्थाबारे छलफल गर्नका लागि उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको एक कार्यदल पनि बनाइएको छ ।

पार्टीको महाधिवेशन आगामी ०८१ जेठ ३–७ गतेसम्म गर्ने निर्णय भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय प्रतिवेदन मस्यौदा समिति बनाइएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्