site stats
बाह्रखरी :: Baahrakhari
देश
समितिमा परराष्ट्रमन्त्रीको जवाफ : अर्थले स्वीकृति दिएर दूतावास खोलेको हो, चिन्ता नलिनोस् 
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अर्थ मन्त्रालयको स्वीकृति लिएर नै पोर्चुगलमा नयाँ नेपाली दूतावास खोल्ने निर्णय भएको बताएका छन् । 

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा सांसदहरूले देशमा आर्थिक मन्दी चलिरहेका बेला नयाँ दूतावास खोल्नेको औचित्य पुष्टि गर्न भनेपछि उनले उक्त कुरा बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विदेशमा रहेका नेपालीलाई सेवा दिने, व्यक्तिगत सामाजिक सुरक्षामा ध्यान दिनु सरकारको दायित्व हो,” परराष्ट्रमन्त्री साउदले संसदीय सुनवाइ समितिको बैठकमा भने, “आर्थिक प्रश्न उठ्यो त्यो जायज हो । अर्थ मन्त्रालयले स्वीकृति दिएर दूतावास खोलेको हो । तलबलगायत अन्य कुरामा चिन्ता नलिन अनुरोध गर्छु ।” 

विदेशमा नेपालीको संख्या फैलिदै गएको उनले बताए । सबैले क्षमता अनुसारको काम पाएको पनि उनले जनाए । १५ प्रतिशतभन्दा बढी श्रमयोग्य मानिस देश बाहिर रहेको तथ्य उनले प्रस्तुत गरे । 

“एउटा दूतावासमा तीनजनासम्म कर्मचारीको दरबन्दी छ । कहीँ पाँच–सातसम्म दरबन्दी छ । यसलाई कसरी अधिकतम प्रयोग गर्ने भन्ने छ,” परराष्ट्रमन्त्री साउदले भने । 

उनले २८३ दरबन्दीमा ४० वटा मिसन, कन्सुलर सेवा विभाग, राहदानी विभाग र सिंगो मन्त्रालय चलाउनु परेको उनले बताए ।

“दूतावास र कर्मचारीको बारेमा समितिको निर्देशनलाई मध्यनजर गरेर अघि बढ्नु छ । यसले दूतावासस कहाँ कहाँ राख्ने भनेर प्रतिवेदन दिएपछि अझ अघि बढ्नेछौँ,” उनले भने । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्