site stats
बाह्रखरी :: Baahrakhari
देश
पोर्चुगलले दियो नेपाललाई दूतावास खोल्न स्वीकृति 

काठमाडौं । पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । 

नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न चाहन्छु,” परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी दिए ।

पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको सुझबुझ पूर्ण निर्णय भएको उनले बताए । धेरै पक्षलाई विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने निर्णय गरिएको उनले सुनाए । 

“पोर्चुगलमा दूतावास स्थापनापश्चात नेपाली नागरिकहरूको हक हित संरक्षण एवं प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै उक्त मुलुकबाट नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा योगदान पुग्नजाने विश्वास गरिएको छ,” परराष्ट्रमन्त्री साउदले भने । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्