site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुनावको होइन देशको चिन्ता गरौँ : शर्मा
फाइल तस्बिर ।

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याए ।

“कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?,” महामन्त्री शर्माले भने, “२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए ।

महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’ को अभियानमा नरहेको बताए । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनले बताए । “देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्त्वपूर्ण कुरा होइन,” उनले भने, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।”

उनले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्