site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवालाई गगनको चेतावनी
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा उनले हरेक विषयमा पार्टीभित्र समझदारी गर्नुपर्नेमा जोड दिए ।

सत्ता गठबन्धनमा गरिने कतिपय निर्णयप्रति उनले असन्तुष्टि जनाए । पार्टीभित्र छलफल नगरी कांग्रेसको धारणा भनेर गरिने निर्णय मान्य नहुने उनले चेतावनी दिए ।

“गठबन्धन बैठक भन्ने अनि पार्टीभित्र सरसल्लाह, संवाद, समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नुपर्छ,” देउवातर्फ लक्षित गर्दै थापाले भनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्