site stats
बाह्रखरी :: Baahrakhari
देश
निगमका पाइलट शाहविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार आयोगले विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

शाहले झुटो शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको आयोगको ठहर छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

०७१ फागुन १० गते शाह निगममा जुनियर क्याप्टेन पदमा नियुक्त भएका थिए । पछि आठौँ तहको विमान चालक (क्याप्टेन) पदमा बढुवा भई कार्यरत थिए ।

उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदनमाथि आयोगले अनुसन्धान थालेको थियो ।

“...झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज सम्राटबहादुर शाहलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,” आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति पढ्नोस्–

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्