site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतले नेपालमा सिधा २० करोड खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुन्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनामा दूतावासमार्फत सिधा २० करोड रुपैयाँसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन् ।

वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा पाँच करोडसम्म आयोजनामा सिधा खर्च गर्दै आएको भारतीय दूतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो हुने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"सिधा लगानी हेर्दा नेपालमा भारतले समानान्तर सरकार चलाएको झझल्को दिएको छ । नेपाल सरकारमार्फत विकास तथा अन्य योजनाहरूमा भारतले काम गर्नुपर्छ," उनले भने ।

नेपाल सरकारले ठूलो गल्ती गरेको भन्दै उनले विकासमा भारतले सिधा हात हाल्नु गलत भएकाले तत्काल सच्चाइनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २३:२८
प्रतिक्रिया दिनुहोस्