site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तकोसीका तत्कालीन कार्यकारी अधिकृत दाहालसहित ६ जना भ्रष्टाचारी ठहर 

काठमाडौं । विशेष अदालतले सप्तकोसी गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहालसहित ६ जनालाई भ्रष्टाचारी मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले निमित्त कार्यकारी अधिकृत दाहाल, इन्जिनियर सुदीप चौधरी, सबइन्जिनियर रामकान्त चौधरीसहित ६ जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले निमित्त कार्यकारी अधिकृत दाहालसहित इन्जिनियर चौधरी र सबइन्जिनियर चौधरीलाई १४ लाख ९७ हजार ९७२ बिगो कायम गरी दामासाहीमा असुलउपर गर्न तथा चार लाख ९९ हजार ३२४ रुपैयाँ जरिवाना र तीन महिना कैदको फैसला गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूमाथि नगरपालिकाबाट गरिने १४ लाख ९९ हजार ४५४ को कामलाई आफ्नै एकल बोर्डको निर्णय गरी तीन भाग लगाएर कोटेसनमार्फत तीनवटा निर्माण व्यवसायीलाई ठेक्का दिएर काम सम्पन्न नहुँदै सम्पन्न भएको प्रतिवेदन बनाएर भुक्ताती दिएर लाभ लिएको आरोप थियो ।

“...गुणस्तरहीन काम गरी सम्पन्नसमेत नगरेको अवस्थामा नगरपालिकाका सबइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदीप चौधरीले लागत इस्टिमेटबमोजिम कार्य सम्पन्न भइसकेको भनी झुटा प्रतिवेदन तयार गरी पेस गरेको र निमित्त कार्यकारी अधिकृत दाहालले सोही प्रतिवेदनलाई स्वीकृत गरी भुक्तानीका लागि आदेश दिएको,” फैसलाको ठहर छ ।

अदालतले निमित्त कार्यकारीसँग मिलेर मिलेर भ्रष्टाचार गरेका सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राजकुमार यादव र शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायणप्रसाद यादवलाई समान चार लाख ९९ हजार ६४२ रुपैयाँ, भष्मरवि निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीलाई चारलाख ९८ हजार ६८८ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्