site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीका अनुसार टोलीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरन कुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दीपक चन्द र भोज राज भट्ट छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अभिशेक पाल, वसन्त खत्री, युवराज खत्री र सन्जय बोहरा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् ।

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग हुनेछ । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्