site stats
बाह्रखरी :: Baahrakhari
देश
उपत्यकावासीलाई मेलम्ची खानेपानी वर्षभर उपलब्ध हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी वर्षभर नै सञ्चालन गर्न काम भइरहेको बताएका छन् । 

सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम भइरहेकाले वर्षभर पानी उपलब्ध गराउने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री यादवले काठमाडौंवासीलाई वर्षभर पानी उपलब्ध गराउन दोस्रो चरणको याङ्ग्री लार्केको काम अघि बढाउन मन्त्रालयको विज्ञहरूको सल्लाह लिइ राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको बताए । 

काठमाडौं उपत्यकाको लागि अन्य श्रोतहरूको व्यवस्था गर्नको लागि वैकल्पिक श्रोतहरू सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको अध्ययन भइरहेको जानकारी दिए । काठमाडौं उपत्यकाभित्र स्थानीय श्रोतको पहिचान तथा प्रयोग एवं काठमाडौंभित्रको ढुंगेधाराबाट प्रयोग नहुँदा खेर गएको पानीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र अध्ययन भइरहेको स्पष्ट पारे । 

मन्त्री यादवले भने, "अहिले अस्थायी तरिकाबाट मेलम्चीको पानी वितरण भइरहेको छ । अबको वैकल्पिक उपायको रूपमा प्रत्येक वर्ष मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्बौंको रुपैयाँमा लगानीमा निर्माण भएको मूल्य संरचना, २७ किलोमिटर लम्बाइको सुरुङ ध्वस्त हुन नदिन मनसुनभर बन्द गर्नुपर्ने बाध्यता हो । गत वर्षको तुलनामा यस वर्षको बाढीले सुरुङमा धेरै क्षति पुर्‍याएको हुँदा मेलम्ची पानी आपूर्तिमा केही विलम्व हुन गएको छ । मेलम्ची खानेपानी आयोजना दीर्घकालीन रूपमा १२ महिना नै सञ्चालन गर्नुपर्ने र दोस्रो चरणको याङ्ग्री लार्केको काम अघि बढाउन मन्त्रालयको विज्ञहरूको सल्लाह लिइ राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको छु ।"

मन्त्री यादवले प्रत्येक वर्ष मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै मनसुन अवधिभर बन्द गर्नुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्