site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
अमेजन, गुगलले हटाए सयौँ कर्मचारी

काठमाडौं । अमेजन, गुगल, डुओलिंगोलगायत विभिन्न प्रविधि कम्पनीले ठूलो संख्यामा कर्मचारी कटौती गरेका छन् । सन् २०२४ को सुरुआतसँगै लागत घटाउन यी कम्पनीले सयौँ कर्मचारी कटौती गरेका हुन् ।

कोभिड–१९ महामारीपछि २०२२ र २०२३ मा पनि विश्वभर व्यापक कर्मचारी कटौती गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेजनको स्वामित्वमा रहेको लाइभ स्ट्रिमिङ साइट ट्विचका सीईओ ड्यान क्ल्यान्सीले गएको बुधबार ३५ प्रतिशत अर्थात् करिब ५०० कर्मचारी कटौती गर्ने घोषणा गरेका छन् ।

बुधबार नै अमेजनले आफ्नो प्राइम भिडियो र एमजीएम स्टुडियोमबाट सयौँ कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

सोही दिन गुगलले पनि आफ्नो इन्जिनियरिङ र हार्डवेयर टिमबाट सयौँ कर्मचारी कटौतीको घोषणा गरेको छ ।

भाषा सिकाउने एप डुओलिंगोले समेत १० प्रतिशत कर्मचारी कटौतीको घोषणा गरेको छ ।

डिस्कर्डले गएको साता १७० कर्मचारी कटौती गरेको छ ।

भिडियो गेम सफ्टवेयर निर्माता युनिटी सफ्टवेयरले पनि एक हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । फोर्ब्सबाट ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्