site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न रवि लामिछानेको आह्वान 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी सहभागी नरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रभावित पार्न आह्वान गर्दै ‘ट्विट’ गरेका छन् । राष्ट्रियसभाका १९ सदस्य छान्न सातै प्रदेश मुकाममा मतदान जारी रहेका बेला उनले ‘हाइज्याकर’लाई हराउन आह्वान गरेका हुन् ।

“व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ,” बिहीबार लामिछानेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर)हरूले लामो छुट्टी लिए सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले देश बनाउने सूत्रका रूपमा निर्वाचन हराउनेसहितका विकल्प सार्वजनिक गरेका हुन् । राज्यका निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन प्रस्ताव गरेका उनले सामाजिक सञ्जालदेखि मिडियासम्मका विषयमा प्रश्न उठाएका छन् ।

“राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न सुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिंगो संसद्ले ‘सर्वदलीय प्रतिबद्धता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ,” लामिछानेले लेखेका छन्, “त्यसपछि मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नांगो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ, तलबी सेना अफ बिटमा नचलाऔँ । फेस गरौँ, फेस नलुकाऔँ ।”

उनले ०८४ पछि ‘देश बन्ने’ जिकिर पनि गरेका छन् । “अन्त्यमा, देश बन्छ, तर कहिले बन्छ त भन्दा हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ,” उनले लेखेका छन्, “चुनाव कहिले ? ८४ मा ।”

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्