site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको संसदीय दलको बैठक दुई दिन बस्ने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक दुई दिनका लागि आह्वान गरेका छन् । 

सचेतक महेश बर्तौलाले बैठक शनिबार र आइतबारका बस्ने जानकारी दिए । उनका अनुसार बैठक दुई दिन नै मध्याह्न १२ बजे बस्नेछ । बैठकमा आगामी संसद्‌मा खेल्ने भूमिकाबारे बृहत छलफल हुने उनले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अबको संसद् कसरी प्रभावकारी बनाउने, संसद्‌मा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्ने लगायतका विविध विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक अलिक लामो राखिएको हो,” उनले बाह्रखरीसँग भने । 

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । त्यसअघि एमालेको बैठक बस्न लागेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्