site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनले भने– संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिए, हतारमा निर्देशन दिन उद्धत छन्

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय समितिले विश्वास गुमाउँदै गएको हो कि भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको भन्दै हतारोमा निर्देशन दिन समिति उद्धत भएको उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“संसदीय विश्वासनियताको प्रश्न पनि छ कतिपय निर्देशन दिन हतार गरेका छौँ, आरोप प्रत्यारोप गरेका छौँ । कतिपय सन्दर्भमा प्रक्रिया मिचेको र अपारदर्शी भएको भन्ने विषय सँगसँगै उठेर आएको छ,” उनले भने, “यो सबै कुराले संसदीय समितिको विश्वसनियता घटाउँछ त्यो भनको सिगो संसद्को विश्वास घटाउँछ ।” 

सांसद थापाले संसदीय समितिको नेतृत्वले संसदीय समितिलाई फरक ढंगले चलाउँछौँ भन्ने संकल्प गर्नुपर्ने धारणा राखे । उनले विगतको उदाहरण दिँदै एउटै विषयमा समितिहरूले मिलेर काम गर्नुपर्ने बताए । 

“दुई, तीन वटा समितिको क्षेत्रगत अधिकार हो कि भनेर अलमल हुँदैगर्दा सँगै काम गरेको अुनभव छ,” उनले भने, “म यो क्षणमा स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झेको छु विकास समितिको सभापति हुँदा म कृषि जलस्रोत समितिको सभापतिको रूपमा काम गरेको थिए । स्व. शुशिल कोइराला प्रम हुनुहुन्थ्यो । हामी कतिपय विषयमा एक ठाउँमा बसेर छलफल गर्दथ्यौँ ।” 

उनले समितिले यस्ता प्राविधिक विषयमा गहन छलफल गर्नुपर्ने र कानुन निर्माण प्रक्रियामा सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्