site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चामा प्रचण्डको ब्रिफिङ : कोसीमा कांग्रेसको विद्रोही पक्षले हरायो
फाइल तस्बिर ।

काठमाडौं । समाजवादी मोर्चाको बैठकमा राष्ट्रियसभाको निर्वाचनअन्तर्गत कोसी प्रदेशमा नेपाली कांग्रेसको विद्रोही समूहले गठबन्धनका उमेदवार हराएको रिपोर्टिङ भएको छ । 

आज बालुवाटारमा बसेको बैठकमा गठबन्धको समीक्षाका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोसीमा कांग्रेसको विद्रोही पक्षले धोका दिएको ब्रिफिङ गरेको एक नेताले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कोसी प्रदेशमा नेपाली कांग्रेसको संस्थानपन पक्षभन्दा पनि विद्रोही पक्षले हामीलाई मत दिएन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तीन नेताले भने, “त्यहाँबाट गठबन्धनमा केही समस्या भएको हो ।”

अरू नेताहरूले पनि सोही खाले निष्कर्ष सुनाएको ती नेताले जानकारी दिए । 

गएको माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा कोसीमा गठबन्धनको तर्फबाट महिला क्लस्टरमा उमेदवार बनेकी चम्पा कार्की पराजित भएकी थिइन् । जहाँ एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन् । अन्यतर्फ गठबन्धनका उमेदवार कांग्रेस नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्