site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले गिडगिडाइरहेको हल्ला फैलाइयो, ललिपप देखाइयो : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको राष्ट्रियसभा सदस्य निर्वाचनताका गलत हल्ला फैलाइएको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले एमालेका बारे भ्रम छरिएको जिकिर गरे ।

“त्यसक्रम (राष्ट्रियसभा सदस्य निर्वाचन)मा हामीलाई बदनाम गर्न केही सिट मागिरहेका छौँ, गिडगिडाइरहेको छ भन्ने गलत हल्ला भएको थियो,” उनले भने, “बदनाम गर्ने कोसिस गरियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मिलेर जाऔँ’ भन्ने प्रस्ताव गरेको उनले सुनाए । “शेरबहादुरजीसहितको छलफलपछि राष्ट्रियसभामा एकलौटी गर्न चाहन्नौँ भन्नुभएको थियो,” अध्यक्ष ओलीले भने, “हामीले अस्वीकार गर्नुपर्ने कुरा थिएन ।”

त्यति बेला एमालेलाई ‘ललिपप’ देखाइएको उनको बुझाइ छ । “शान्ति प्रक्रिया टुंग्याऔँ, संक्रमणकालीन कुरा टुंग्याऔँ । चुनाव माघ ११ मा हो, आजै टुंग्याइहालौँ । हामीलाई चकलेट, ललिपप देखाएपछि मिल्छौँ भन्ने धूर्त थियो,” उनले भने ।

एमालेले शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुंग्याउन चाहेको उनले उल्लेख गरे । पीडितमैत्री ढंगले समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

“शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुंग्याउन चाहन्छौँ । पीडितलाई पीडा थपेर करकापसाथ मञ्जुर छौँ भनेर होइन । पीडितमैत्री ढंगले समस्याको समाधान गर्नुपर्नेछ । पीडितमैत्री नहुने सम्भावना धेरै छ,” उनले भने, “दुवै पीडक पक्ष राज्य सञ्चालनमा छन् । टुंग्याउनुपर्ने सरकारले हो । हिजोको दुवै पीडक सरकारमा छन् ।”

आफूले सरकारको नेतृत्व गर्दा सो विषय टुंग्याउन खोजेको तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नमानेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्