site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनको प्रस्ताव : अक्षयकोष स्थापना गरेर सहिद, विस्थापित र द्वन्द्वपीडितलाई सहयोग गरौँ 

गोदावरी (ललितपुर) । सांगठनिक प्रतिवेदन पेस गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १० करोडको पार्टी अक्षयकोष स्थापना गर्ने प्रस्ताव गरेका छन् । 

सोमबारबाट जारी पार्टी महासमिति बैठकको दोस्रो दिन मंगलबार उनले पार्टी योद्धालाई सम्मान र सहयोग गर्न कोषको स्थापना गर्नुपर्ने प्रस्ताव गरेका हुन् । पार्टी स्थापनादेखि आठ दशकको यात्रामा हजारौँ योद्धाले जीवन, धनसम्पत्ति अवर गुमाउनु परेको भन्दै उनीहरूलाई सहयोग गर्नुपर्ने जोड थापाको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसका लागि सहिद, बेपत्ता र घाइते भएकाको परिवारलाई अफ्ठयारो परेको बेला सहयोग गर्ने पार्टीको विशेष जिम्मेवारी हुने उनको तर्क छ ।

“पार्टीले आफ्नै सदस्य शुभेच्छुक र समितिको सहयोगमा १० करोडको अक्षय कोष स्थापना गर्ने कार्यविधि बनाएर सहिदका परिवार, विस्थापित परिवार, द्वन्द्वपीडित घाइतेका परिवार, प्रजातन्त्र सेनानी परिवारको शिक्षा स्वास्थ्यमा सहयोग गर्ने,” उनले प्रस्तावमा लेखेका छन्, “विपद्का अवस्थामा अफ्ठयारोमा परेका पार्टीले विपद् आएको क्षेत्रमा उद्धार राहत तथा पुर्नस्थापनाको काममा परिचालन गर्ने विपदमा परेका सदस्य र परिवारलाई सहयोग गर्ने ।”

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्