site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापाको प्रस्ताव– १५औँ महाधिवेशन ०८२ भित्रै गरौँ, प्रक्रिया थालिहालौँ
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ साभित्रै १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले विधानको व्यवस्था अनुरूप २०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थापाले महासमितिलगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट प्रक्रिया थालिहाल्नुपर्ने बताएका छन् ।

"नेपाली कांग्रेसको २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल विधान, २०१७ (संशोधन सहित) को धारा ४३ बमोजिम आगामी २०८२ मंसिर मसान्तभित्र समाप्त हुने छ । अतः महाधिवेशनको अन्तिम वर्ष विधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पूर्णतः बन्द गरी विधान बमोजिम २०८२ मंसिरमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नेछौँ । यस महासमितिपश्चात् लगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट २०८२ मंसिरमा हुने महाधिवेशनको अगाडि विभिन्न तहले सम्पन्न गर्नुपर्ने कामको विस्तृत कार्यतालिका बनाई सोही अनुसार महाधिवेशनका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने गराउने छौँ," प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्