site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले पार्टीकै भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछ : गगन थापा

गोदावरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारीलाई कांग्रेसको वरिपरि राख्नै नहुने बताएका छन् । बिहीबार महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसको वरिपरि नराखे पार्टीको शक्ति आफैँ बढ्ने बताए ।

"भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसले वरिपरि राख्दिनँ भन्नुपर्छ," उनले भने, "त्यसपछि हाम्रो शक्ति आफैँ बढ्छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थापाले सरकारमा गएर पनि काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने पनि बताए । 

"काम गर्न नसकेको मन्त्रीलाई विश्राम दिऔँ, फिर्ता बोलाऔँ," उनले भने, "भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछौँ । तपाईंहरू संगठन निर्माणमा ध्यान दिनू, कांग्रेसले यो यो गर्‍यो भनेर जनतालाई सुनाउनू ।"

उनले पार्टी एक्लै चुनाव लड्न सक्ने विषयमा पनि प्रस्ट पारे । "कांग्रेस एक्लै लड्न सक्छ भन्ने हुती राखेर यो हलबाट बाहिर जाने हो । पार्टीभित्र न्याय र सम्मान होस् भन्नुभएको छ । हामीलाई जिम्मेवारी दिनुभएको छ," उनले भने, "नेपाली कांग्रेसले देशको सबै समस्या समाधान गरोस् भनेर तपाईंहरूले भन्नुभएको छ । बीपीले भन्नुभएको थियो– इतिहासले गौरव दिए जिम्मेवारी पनि लिनुपर्छ । हामी त्यो लिन तयार छौँ । हाम्रो इतिहासप्रति गौरव पनि छ ।"

महामन्त्री थापाले नेताको नाममा सहकारीबाट ठग्नेलाई कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने पनि बताए । उनले ०८४ मा सरकारमा जाने कुरा नभई पार्टी अहिले नै सरकारमा रहेको र यो बेला गरेको काम लिएर चुनावमा जानुपर्ने बताए ।

"हामी ०८४ मा सरकारमा जान्छौँ होइन, अहिले नै सरकारमा छौँ । अहिले गरेका काम देखाएर झन् बढी मत ल्यायौँ, फेरि सरकारमा जाऔँ । ०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले पेस गर्नुपर्ने छ," थापाले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्