site stats
बाह्रखरी :: Baahrakhari
कला
के भन्छ भूपूको गीतले ?

काठमाडौं । भूपू पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । ‘पिरै पिर...’ बोलको गीत शब्द तथा संगीत पनि गायक पाण्डे स्वयंको छ । 

गाउँको कथामा गीत र भिडियो तयार गरिएको भूपूले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो हाम्रै गाउँको कथा हो । यो हामी युवाको आजको व्यथा हो । मनको पिर ओठले बोलेको सानो गाथा हो,” भूपू भन्छन्, “कलाले समाजको मात्र होइन मनको यथार्थ पनि देखाउँछ ।” 

उनले मापसे गरेर सवारी नचलाउन आग्रह गर्दै देश पनि मापसे गरे जसरी नचलाउन व्यंग्य गरेका छन् । 

“बेरोजगार युवालाई खाडीतिर होइन स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ,” उनले भने । 

गीतको भिडियो पनि बनाइएको छ । भूपू पाण्डे स्वयंले भिडियो निर्देशन गरेका छन् । भिडियोमा भूपूसँगै कमल गिरी, मिराज सेन ठकुरी, रवि राउतलगायत फिचर्ड छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्