site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखकै विषयमा उठ्यो संसद्‌मा प्रश्न
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभामा सभामुखको विषयमा प्रश्न उठेको छ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सभामुख देवराज घिमिरेको भूमिकामा प्रश्न उठाएका हुन् । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीलाई सभामुखले संक्षिप्तमा टुंग्याउनेगरी दिएको समय बीचमै रुलिङ गरेर रोकेको भन्दै कुन नियमावलीअनुसार गरेको भन्दै प्रश्न उठाए । 

“हाम्रो नियमावलीअनुसार कुनै पनि सदस्यले बोल्ने क्रममा नियमापत्ति भएको अवस्थामाबाहेक अवरोध गर्न पाइँदैन,” सापकोटाले भने, “संक्षिप्त समय भनेर दिनुभएको छ । संक्षिप्त भनेको कति हो । तपाईंलाई इन्जोय हुँदासम्म हो वा कति ? माननीय राजेन्द्र केसीलाई तपाईंले संक्षिप्तमा राख्नुस् भनेपछि उहाँ बोल्दैगर्दा प्रतिपक्षले ढ्यापढ्याप गरेपछि कुन नियमावली अनुसार उहाँलाई रोक्न रुलिङ गर्नुभयो ?”

उनले संसद्‌मा नियमावली भन्दा हुटिङले चल्न थालेको भन्दै संसद्को गरिमा ध्वस्त हुँदै गएको बताए । “सभामुख महोदय संसद्को गरिमा ध्वस्त हुँदैछ, विचार गर्नुहोला” सापकोटाले भने । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्