site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक पुनः सुरु, स्वास्थ्यमन्त्रीले विधेयक प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाइयो
फाइल तस्बिर ।

काठमाडौं । सभामुुख देवराज घिमिरेले संसद्‌मा उठाइएको बालकुमारी घटनालगायत प्रश्नको जवाफ आउँदो बैठकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । योसँगै सोमबार यसअघि १५ मिनेट स्थगन गरिएको प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ ।

विभिन्न माग गर्दै यसअघि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)सहित अरू विपक्षी दलले विरोध गरेका थिए । उनीहरूले सरकारको जवाफ र विवादित मन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरूले विरोध गरेपछि बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आउँदो बैठकमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउने र कार्यसूचीमा रहेको व्यवस्थापन कार्यअन्तर्गत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत नगर्ने सहमति भएपछि बैठक सञ्चालन गर्न एमाले सहमत भएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

बैठक सञ्चालनपश्चात् सभामुख घिमिरेले कार्यसूचीअन्तर्गत रहेको तीन नम्बरको विषय हटाइएको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्