site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इन्चार्जबाट हटाएपछि खगराज भट्टले प्रचण्डलाई गरे चार प्रश्न

काठमाडौं । सुदूरपश्चिम इन्चार्जबाट हटाइएपछि नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य खगराज भट्टले असन्तुष्टि जनाएका छन् ।

बुधबार भट्टले स्थायी कमिटीको निर्णयप्रति आफ्नो गम्भीर असहमति रहेको बताउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चार बुँदामा प्रश्न गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौँ कार्यकर्ता र लाखौँ जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु," उनले पत्रमा भनेका छज् ।

स्थायी कमिटी बैठकबाट पारित भएको निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखा परेको अराजकतालाई निरुत्साहित नगरेर प्रोत्साहन गर्ने उनको भनाइ छ।

"यो निर्णयले पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्ताहरूलाई उत्साहित गर्छ या निराशतामा धकेल्छ ?," उनले प्रश्न गरेका छन् ।

Khagraj-1709137662.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्