site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा ६ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकमा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदले आफ्नो अनुभव राखेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आउँदा दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै सांसदलाई समय उपलब्ध गराएका थिए । आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले ६ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदा हुँदै छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजंग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरी पदावधि सम्पन्न गरी बाहिरिँदै छन् । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्