site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धग्रस्त सुडानबाट अलपत्र परेका १७७ यमनी घर फर्किए

एडेन । सुडानमा जारी द्वन्द्वका कारण अलपत्र परेका १७७ यमनी नागरिकहरू बिहीबार दक्षिणी यमनको एडेनमा सुरक्षित रूपमा फर्किएका छन् ।

एडेन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा निर्देशक अब्दुल्ला काइद कारौनले पोर्ट सुडानबाट यमनी एयरलाइन्सको विमानबाट उनीहरू सकुशल यहाँ आइपुगेको बताएका छन् । वृद्धवृद्धा, महिला र बालबालिकासहितको टोलीलाई विमानस्थलमा न्यानो स्वागत गरिएको थियो । यमन सरकार र स्थानीय व्यापारीबाट उनीहरूलाई आर्थिक सहयोग समेत प्रदान गरिएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुडानी द्वन्द्वमा परेकाहरूलाई फिर्ता ल्याउने उद्देश्यले गत वर्ष स्वदेश फिर्ता ल्याउने प्रयासस्वरूप सुडानबाट यमेनी नागरिकहरू स्वदेश ल्याउन पहल गरिएको छ ।

सन् २०१४ को अन्तमा सुरु भएको हिंसाबाट शरण लिन सयौँ यमनी परिवारहरू सुडान लगायतका छिमेकी देशहरूमा पलायन भएका छन् ।

यद्यपि सन् २०२३ अप्रिलमा सुडानमा पनि युद्ध सुरु भएपछि शरणार्थीका रूपमा त्यहाँ आश्रय लिन प्रतिकूल वातावरण हुन थालेपछि यमनीहरू स्वदेश फर्किन थालेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्