site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
थपिए दुई हजार ६७४ सहिद (सूचीसहित)

काठमाडौं । सरकारले दुई हजार ५७४ जनालाई सहिद घोषणा गरेको छ । गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गरिएको छ ।

"नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका २,६७४ जना व्यक्तिहरूलाई सम्मानस्वरूप नेपाल सरकारले मिति २०८०।९।२४ मा सहिद घोषणा गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ," राजपत्रमा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको पुस २४ गते मन्त्रिपरिषद् बैठकले 'विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने' निर्णय गरेको थियो ।

हेर्नुहोस् विवरण

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्