site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचन : मतदाता नामावली प्रकाशन गरिँदै, त्रुटि भए सच्याउन आयोगको आग्रह 

काठमाडौं । आउँदो वैशााख १५ गते हुने उपनिर्वाचनका निम्ति वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेको विवरण अध्यावधिक गरिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलित नामावलीको अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्न लागिएको उनले जानकारी गराएका छन् । निर्वाचन कार्यालयबाट फागुन १३ गतेसम्म संकलित विवरणमध्ये वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, यही फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ । अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन फागुन २९ देखि चैत ५ गतेसम्म सञ्चालन गरिए उनले जानकारी गराए ।

उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, नाम एकभन्दा बढी स्थानमा समावेश गरिएको भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका निमित अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिने उनले जानकारी गराएका छन् ।

उनका अनुसार, चैत २२ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रतिनिधिसभाअन्तर्गन इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा रिक्त पदका निम्ति वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्