site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
साइबर सुरक्षासम्बन्धी कानुन ल्याउँदै सरकार, राष्ट्रिय परिचयपत्रलाई ई–केवाईसी बनाइने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विषयमा नयाँ कानुन ल्याउने तयारी गरेको छ । यसका निम्ति तयार गरिएको विधेयकको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ ।

मस्यौदामा राष्ट्रिय परिचयपत्रलाई विद्युतीय पहिचान (ई–केवाईसी)का रूपमा विकास गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारी निकायले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सक्ने विधेयकमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्ता सेवा लिन ‘सेवाग्राहीले एउटै विवरण विभिन्न निकायमा पटक–पटक पेस गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी राष्ट्रिय परिचयपत्रलाई विद्युतीय पहिचान (ई–केवाईसी)का रूपमा विकास गर्नुपर्ने’ मस्यौदामा व्यवस्था छ ।

यस्तै, कसैले कसैको विद्युतीय प्रणालीमा अवरोध गर्न नहुने व्यवस्था गरिएको छ । “कसैले दुराशय राखी कुनै विद्युतीय प्रणालीको कार्य सञ्चालनमा बाधा पुर्‍याउन वा कार्य गर्न नसक्ने र असक्षम बनाउन वा हस्तक्षेप गर्न वा विद्युतीय प्रणालीको सञ्चालनकर्ता वा प्रयोगकर्तालाई प्रणालीको सञ्चालन वा प्रयोगमा बाधा पुर्‍याउन, रोक लगाउन वा हस्तक्षेप गर्न हुँदैन,” विधेयकको मस्यौदामा उल्लेख छ ।

मन्त्रालयले १५ दिनभित्र पेस गर्न भन्दै विधेयकका विषयमा रायसुझाव समेत मागेको छ । रायसुझाव info@moict.gov.np इमेलमार्फत दिन सकिनेछ ।

विधेयकको मस्यौदा पढ्नोस्–

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्