site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा रोजगार मेला

विराटनगर । विराटनगरमा रोजगार मेला लाग्ने भएको छ । विराटनगर महानगरपालिकाले रोजगारदाता र रोजगारी खोज्नेलाई जोड्न मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

मेला यही चैत २ र ३ गते लाग्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीय उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, होटल, बैंक, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउन सूचनाको पहुँच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका खेल्ने विश्वास महानगरले लिएको छ ।

मेलामा करिब तीन हजारजना सहभागी हुने अपक्षा गरिएको छ ।

“मेलामा उद्योग, हस्पिटल, होटेल,  बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्रका करिब ४० वटा स्टल हुनेछन्,” मंगलबार आयोजित पत्रकार सम्मेलनमा विराटनगर महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले भने । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्