site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट
तस्बिर : एपी ।

टोकियो । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो ।

विस्फोट हुनु पहिले सुदूरपहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्डभित्रमा नैै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्रविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ,” स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “विस्तृत अनुसन्धान भइरहेको छ ।”

एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भने, “मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ । सफलता मिल्न सकेन, त्यसैले म निराश छु । के भयो, अनुसन्धान भइरहेको बताइएको छ, पछि थाहा हुने नै छ ।” 

स्पेस वनले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ । यो आशा काइरोसबाट गरिएको थियो ।

प्राचीन ग्रीक भाषाअनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्ले गरेका थिए ।

पार्टपुर्जाको अभाव र अरू समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि काइरोसको प्रक्षेपण पाँचपटक स्थगित गरेको थियो । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्