site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीलाई कमल थापाको चुनौती– आफैँमाथि छानबिन गरेर देखाउनुहोस्

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवाससहित विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनासहित माग राख्दै बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरूलाई जोगाउने काम भएको भन्दै उनीहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले गृहमन्त्रीमाथि लागेको सहकारी ठगीको आरोपमा पनि सही ढंगले छानबिन गर्नसमेत चुनौती दिए । सरकार  र राजनीतिक दलहरूका कारण नेपाली युवाहरू खाडी मुलुकमा जान बाध्य भएको भन्दै उनले मुलुकको वर्तमान व्यवस्था पूर्णरूपमा असफल भएको जिकिर गरे ।

पहिले जनयुद्धमा बन्दुक बोक्नेहरू अहिले खाडी मुलुकमा र बन्दुक बोकाउने नेताहरू रातारात अर्बपति भएको उनको भनाइ छ । अध्यक्ष थापाले राजनीतिक नेताहरूले अर्बौ रुपैयाँ विदेशी बैंकमा लुकाएर राखेको आरोपसमेत लगाए ।

उनले मुलुकको परिवर्तन देश र जनताका लागि नभई नेताहरूलाई कमाउने भाँडो बनेको जिकिर गरे । अध्यक्ष थापाले विभिन्न क्षेत्रमा देखिएको समस्या राजनीतिक नेताहरूकै कारण भएको पनि बताए ।

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्