site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सम्झौता

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच कर्जा जोखिम न्यूनीकरणसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्झौता अनुसार दिगो ऊर्जा चुनौती कोषसँग समन्वय गरी बैंकको नविकरणीय ऊर्जा परियोजनाहरूमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवधर्न केन्द्रमार्फत ग्यारेन्टी हुने बैंकले जनाएको छ ।

यस सम्झौताले बैंकको नविकरणीय ऊर्जा परियोजनाहरू जस्तै; सोलार नेट मिटरिङ, एक मेगावाट सम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घर परिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २३:१२
प्रतिक्रिया दिनुहोस्