site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन समाजवादी मोर्चा बनाउन होइन, देश बनाउन बनेको हो : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पारेका छन् । एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताए ।

उनले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“समाजवादी मोर्चा र वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने उद्देश्यका लागि अहिलेको सत्ता समीकरण बनेको होइन,” उनले भने, “अहिले संसद्‌मा रहेको वामपन्थी दलहरूमात्रै मिलेर वैकल्पिक सरकार बनाउने अवस्था पनि छैन, मुलुकलाई नयाँ ढंगबाट चलाउनका लागि नयाँ समीकरण बनेको हो ।”

महासचिव पोखरेलले स्थानीय तहले जनतामा आशा जगाउने काम गर्नुपर्ने जनाउँदै पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २३:३७
प्रतिक्रिया दिनुहोस्