site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा फेरि मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट तीन मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

शनिबार पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृतिमन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गरेका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नवनियुक्त मन्त्रीहरूलाई शनिबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराइन् । नवनियुक्त तीनै मन्त्री र एक राज्यमन्त्रीलाई शपथग्रहण गराइएको हो ।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैँसँगै राखेका छन् । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा यसअघि चैत ५ गते एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्