site stats
बाह्रखरी :: Baahrakhari
देश
मूर्ति चोरी गर्ने एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–६, महादेवबेसी बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

सोही गाउँपालिका–३, मल्डुङ बस्ने ३८ वर्षीय सीताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीमाथि मन्दिरमा रहेको राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको आरोप छ । 

घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्