site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टीआरसी विधेयकलाई ‘बार्गेनिङ’ गर्न आवश्यक छैन : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आवश्यक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विधेयक पास गर्न दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले टीआरसी विधेयकलाई ‘बार्गेनिङ’ गर्न दलहरूले आवश्यक नभएको बताए । उनले जनआन्दोलनपछि दुई दशकको समय बित्दा राज्यको तर्फबाट भएका प्रतिबद्धताअनुसार नागरिक विश्वस्त नहुने जिकिर गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कानुन मन्त्रालयले ११७ विधेयक तयारी गरेको तर, सदनको समय कटाक्षमै बित्ने गरेको तर्क उनको छ । “देशलाई निश्चित प्रणालीमा लिएर जानुपर्ने आवश्यकता छ । शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन आवश्यक टीआरसी विधेयक बन्न सकेको छैन,” उनले भने, “अब गफमा हैन ठोस काममा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ ।” 

उनले संविधानले कतिपय कानुन बनाउने प्रसंगमा एक ठाउँमा हुन आवश्क भएको उल्लेख गरे । “टीआसरसी विधेयक अल्झिएको छ । बार्गेनिङ कसैले नबनाउ । शिक्षा, प्रहरी, वन, भूमि कर्मचारी कानुन ल्याउन नसक्दा तीन तहको सरकार प्रभावकारी भएन । कानुन आवश्यक छ । यो कानुन बनाउँदा यो सदनलाई प्रभावकारी बनाउन,” उनले भने ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्