site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पर्यटन ऐन, २०३० लाई तत्काल अध्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिएकी हुन् । सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको संख्या २५ लाख २२ हजार पुर्‍याउने लक्ष्य पूरा हुनेगरी काम गर्न पनि सरकारलाई सचेत गराइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आभार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गरिन् । उनले भनिन्, "पर्यटक राजधानी त पोखरालाई घोषणा गर्‍यौं । तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । पर्यटन उद्योगले निर्यात वस्तुको ३८ प्रतिशत र गैरउद्योग सेवाहरूको कुल २० प्रतिशत साथै विदेशी विनिमय आर्जनको झन्डै चार प्रतिशत योगदान पुर्‍याउँछ ।" 

सांसद भट्टराईले पर्यटन क्षेत्र नेपालको विकासका लागि अति उपयोगी हुने भएकाले पनि सरकारले त्यसको विकास विशेष जोड दिनुपर्ने बताइन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्