site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था

काठमाडौं । कन्सुलर सेवा विभागले विदेशमा बसेका नेपालीका गुनासा र समस्या सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली)को शुभारम्भ गरेको छ ।

बिहीबार विभागस्थित कार्यालयमा एक कार्यक्रमबीच गुनासा र समस्या सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिन सक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको उल्लेख गरे । यसको व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फाराम भरेर लिन सकिने उनले जानकारी गराए । फाराम भरेपछि विभागले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता उनले व्यक्त गरे ।

आउँदो एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिक घाइते र मृत्यु भएको अवस्थामा क्षतिपूर्तिसहितको माग दाबीका निम्ति दूतावास नै पुग्नुपर्ने स्थितिलाई घरबाटै गर्न सक्ने गरी व्यवस्था मिलाइने पनि उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्