site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिणी सिरियामा विस्फोट हुँदा सात बालबालिकाको मृत्यु

दमास्कस । दक्षिणी सिरियाको दारा प्रान्तमा शनिबार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, “आतंकवादीले सानमायन सहरमा राखेको एउटा विस्फोटक उपकरण विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ र एक महिलासहित दुईजना घाइते भएका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले भिन्न तथ्यांक दिँदै विस्फोटमा फरक फरक उमेरका आठ बालबालिका मारिएको र एकजना घाइते भएको बताएको छ । बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको बताएको छ ।

दारा राष्ट्रपति बशर अल–असदको शासनविरुद्ध सन् २०११ को विद्रोहको उद्गम स्थल थियो तर रुसको समर्थनमा युद्धविराम सम्झौताअन्तर्गत सन् २०१८ मा यसलाई सरकारी नियन्त्रणमा फिर्ता गरिएको थियो । त्यसबेलादेखि यो प्रान्त हत्या, झडप र दयनीय जीवन अवस्थाले ग्रस्त छ ।

जिहादी र विदेशी सेनालाई समावेश गरेको घातक द्वन्द्वबाट बढेको सिरियाको युद्धबाट पाँच लाख सात हजारभन्दा बढी मानिस मारिएका छन्, लाखौँ विस्थापित भएका छन् र मुलुकको पूर्वाधार तथा उद्योग क्षेत्र ध्वस्त भएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्