site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खानेपानीका स्रोतलाई संकलन गर्न एकीकृत प्रणाली बनाऔँ : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकाभित्र छरिएर रहेका सम्भावित पानीका स्रोतलाई एकीकृत गरी संकलन गर्ने सर्वेक्षणका निम्ति आग्रह गरेका छन् ।

आइतबार खानेपानी मन्त्रालयमा सांसदहरूसँग मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले आजसम्म गरिएका कामको समीक्षापछि मात्र थप लगानी गर्न आग्रह गरे । उनले शिवपुरी जलाधार क्षेत्रभित्र रहेका खानेपानीको स्रोत व्यवस्थित र स्तरोन्नति गर्दै पानीको चुहावट रोक्नुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“चण्डेश्वरी, विष्णुपादुका, मुहानपोखरीलगायत स्रोतलाई व्यवस्थित तथा स्तरोन्नति गर्दै पानीको चुहावट रोक्ने तथा छरिएर रहेका अन्य खानेपानीका विभिन्न स्रोतलाई समेत एकीकृत संकलन गरी बूढानीलकण्ठ, टोखा र महानगरमा वितरण गर्न सकिन्छ,” उनले भने ।

उनले खानेपानी योजनामा लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेडवर्क्स निर्माण गरिनुपर्ने बताए ।

एडीबीको अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेजले रिभ्यु गरेको प्रतिवेदन कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्