site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक संघसंस्थालाई अख्तियारको दायरामा ल्याउन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले सामाजिक संघसंस्थाभित्रको आर्थिक पारदर्शीताको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र ल्याउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आइतबार बसेको बैठकमा सांसदहरूले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा आर्थिक अनियमितता हुने गरेका घटनाहरू बढ्दै गएको बताए । ती संस्थालाई संवैधानिक निकायको नियमनभित्र बाँध्नुपर्ने उनीहरूले धारणा व्यक्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको समग्र विकासका निम्ति दातृनिकायबाट आएको सहयोग लक्षित समूहसम्म पुग्न नसकेको भन्दै संवैधानिक निकायले आर्थिक पक्षको नियमन गर्ने व्यवस्था गरिनुपर्नेमा सांसदहरूले जोड दिएका हुन् । सांसदहरूले प्राविधिक खर्च र कर्मचारीको तलब सुविधाबारे पनि सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने माग गरे ।

समितिले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमन तथा अनुगमबारे बुझ्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसहित नियामक निकाय समाजकल्याण परिषद्का सदस्यसचिवलाई बोलाएको थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्