site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईएमई पेको सुपर वालेमा ‘सुपर बेनीफिट’

काठमाडौं । आईएमई पेले नयाँ वर्ष, २०८१ को अवसर पारेर सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधा दिने भएको छ । सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले विविध सुविधा पाउने भएका छन् ।

वालेट ब्यालेन्समा बैंकहरूले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसका साथै हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरू, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरी ६ हजार रुपैयाँसम्मको क्यास ब्याक फाइदा पनि आईएमई पे प्रयोगकर्ताहरूले पाउने छन् ।

आईएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर सुरुवात गर्न लागिएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले आईएमई पेका प्रयोगकर्ताहरूलाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताए ।

नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आईएमई पे फिनटेक क्षेत्रमा अब्बल सावित भएको पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २२:१७
प्रतिक्रिया दिनुहोस्